पछिल्लो २४ घण्टामा थपिए ५३५ संक्रमित, कुलसंख्या ९५६१
३७० जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ५३५ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ४६१ पुरुष र ७४ महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । जसमा ८ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । संक्रमण ७७ जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लामा फैलिएको छ । हालसम्म कोरोना पोजेटिभ देखिएका २३ जनाको मृत्यु भइसकेको छ ।
एकैदिन ३७० जना डिस्चार्ज भए
पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या २ हजार १४२ पुगेको छ ।
पीसीआर परीक्षण
पछिल्लो २४ घण्टामा ६ हजार १९८ जनाको पीसीआर परीक्षण भएसंगै हालसम्म पीसीआरबाट परीक्षण भएको संख्या १ लाख ८१ हजार ३७१ पुगेको छ । क्वारेन्टिनमा आज ९० हजार ७ सय ३० जना छन् ।
तपाईँको अभिमत