कमेडी क्लबकाे स्टेजबाट लडेका हास्यकलाकारलाई कोरोना पोजेटिभ

सांकेतिक तस्बिर
अमेरिकी हास्यकलाकार तथा अभिनेता डेरिल लिन ह्यूली कोरोना भइरस राेग (कोभिड १९) पोजेटिभ पाइएकाे छ । उहाँ शुक्रबार राती नाशविले, टेनेस्सीमा एक स्ट्याण्डअप कार्यक्रमका बेला स्टेजमा लड्नु भएकाे थियाे ।
५७ वर्षका ह्यूलीले बताउनुभए अनुसार उहाँलाई कमेडी नाइट क्लबमा प्रस्तुती दिने बेला रिंगटा लागेको थियो ।

डेरिल लिन ह्यूली
तत्पश्चात् उहाँलाई अस्पताल पुर्याइएको थियो । अत्यधिक थकाई लागेका कारण र शरीरमा पानीको कमीमा कारण उहाँलाई यस्तो भएको बताइयो । उपचचारपछि उनलाई शनिबार अस्पतालबाट छुट्टी दिइयो ।
ह्यूलीले भन्नुभयाे, ‘अस्पतालमा डाक्टरहरुले विभिन्न परीक्षण गर्नुभयाे । उहाँहरुले कोभिड–१९ परीक्षण पनि गर्नुभयाे । म कोरोना पोजेटिभ भेटिएँ । डाक्टरहरुका अनुसार म असिम्प्टमेटिक (कुनै लक्षण नदेखिएको) हुँ,’ उनले ट्वीटरमा यसबारे जानकारी दिनुभयाे ।
ह्युलीले आफ्ना प्रशंसकलाई धन्यवाद दिँदै आफू होटलको कोठामा १४ दिनको क्वारेन्टिनमा बस्ने जानकारी दिनुभयाे । बीबीसीबाट ।
हेल्थपाटी 
तपाईँको अभिमत