७५ जिल्लामा फैलियो कोरोना, बाँकी २ जिल्ला कुन-कुन ?
गण्डकी प्रदेशमा थपिए ५०
काठमाडौं । गण्डकी प्रदेशमा आजै थप ५० जनालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको साँझ ७ : ४५ मा गरेको अद्यावद्यिक अनुसार तनहुँमा २, बाग्लुङका २९, नवलपरासीका १८ र मुस्ताङमा १ जनालाई कोरोना पुष्टि भएको छ।
मुस्ताङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । त्यहाँ ८३ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ । संक्रमितहरु सबै क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा ल्याउने तयारी भएको निर्देशनालयले जनाएको छ ।
मुस्ताङ थपिएसंगै ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। हालसम्म कोरोना नदेखिएको जिल्लामा प्रदेश १ को ओखलढुंगा र बागमती प्रदेशको रसुवा पर्दछन् । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ३३१ जनालाई कोरोना पुष्टि भएको जानकारी दिइएको थियो। विभिन्न प्रयोगशालामा परीक्षणको क्रम चलिरहेकाले संक्रमितको संख्या बढ्ने देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत