मेडिकल सामग्री खरिद गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई
काठमाडौं । सिसिएमसिले मेडिकल सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नै दिने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले मेडिकल सामग्री खरिदको जिम्मा मन्त्रालयलाई नै दिने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिनुभयो ।
खरिद गरेको मेडिकल सामग्री समयमा उपलब्ध गराउन नसक्नुका साथै महँगो मुल्यमा खरिद गरेको आरोप लागेपछि सेनाले आफु खरिद प्रक्रृयाबाट बाहिरिने निर्णय गरेपछि यस्तो निर्णय गरेको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयका सह–सचिव रघुराम बिष्टले खरिदको जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको आफुले पनि सुनेको तर निर्णय हातमा परि नसकेको बताउदै विस्तृतमा यसबारे आफुले बुझ्न बाँकी रहेको बताउनुभयो ।
पहिला पनि मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गरेकै थियो पछि पनि गर्छ महामारीको समयमा जिटुजी मार्फत खरिद गर्न मात्र सेनालाई जिम्मा दिइएको थियो समयमा सामग्री आइपुगेन । मन्त्रालयलाई नै सबै जिम्मा दिंदा छिटो छरितो सामान आपूर्ति हुन्छ भनेर एकद्धार प्रणालि मार्फत खरिद गर्र्ने व्यवस्था मिलाएको हुनसक्छ, हामी त निर्णय कार्यान्वयन गर्ने ठाउँमा छौ जे निर्णय हुन्छ तुरुन्त कार्यान्वयन गर्छाैं सहसचिव विष्टले थप्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत