कोरोना महामारीले विश्व खतरनाक चरणमा : विश्व स्वास्थ्य संगठन
काठमाडौं ।विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले कोरोना संक्रमण दिनदिनै बढ्दै गएको र विश्व ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको बताउनुभएको हो ।
जेनेभामा आयाजित नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो,यतिखेर विश्वमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस थपिए्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो ।
टेड्रोसका अनुसार १ लाख ५० हजार नयाँ संक्रमणको केसमध्ये आधा अमेरिकाबाट रिपोर्ट भएको छ भने बाँकी दक्षिण एसिया र मध्यपूर्वि देशमा थपिएका छन् । धेरै मानिसले घरमा बस्दा बस्दा दिक्क मानिसकेका छन्, धेरै राष्ट्रहरुले सामाजिक र आर्थिक कारणले लकडाउन खुकुलो बनाइसकेका छन् तर अझैपनि भाइरस दु्रत गतिमा फैलिरहेको छ र यो घातक छ अझ धेरै मानिसमा संक्रमणको आशंका छ टेड्रोसले थप्नुभयो ।
जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म ८५ लाख ६९ हजार ९६२ जना संक्रमित भइसकेका छन् भने तीमध्ये ४ लाख ५७ हजार ३८८ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा २२ लाख १५ हजार ५८७ छन् भने मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी १ लाख १८ हजा ९९१ जना पुगिसकेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित ब्राजिलमा ९ लाख ७८ हजार १४२ जना छन् भने त्यसपछि रुसमा ५ लाख ६८ हजार २९२ जना संक्रमित छन् । चौथो नम्बरमा भारत पर्छ जहाँ अहिलेसम्म ३ लाख ८० हजार ५३२ जना संक्रमित भइसकेका छन् । संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुनेहरुमा दोस्रो नम्बरमा ब्राजिल पर्छ । त्यहाँ ४७ हजार ५४६ जनाको मृत्यु भइसकेको छ । रुसमा ७ हजार ८३१ जनाको मृत्यु भइसकेको छ भने भारतमा मृत्यु हुनेहरुको संख्या १२ हजार ५७३ पुगेको छ ।
वल्र्डमिटरको असार ६ गते बिहानको अद्यावद्यिक अनुसार विश्वभर ८७ लाख ३४ हजार ९७२ जना संक्रमित भइसकेका छन् भने ४ लाख ६१ हजार ५०४ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुमध्ये ४६ लाख १५ हजार ९९५ जना निको पनि भइसकेका छन् । हाल सक्रिय संक्रमितहरु ३६ लाख ५७ हजार ४७३ जनामध्ये ९९ प्रतिशत (३६ लाख २ हजार ६८७) जनाको अवस्था सामान्य छ भने १ प्रतिशत (५ लाख ४७ हजार ८६०) जनाको अवस्था गम्भीर छ ।
यसबीच विश्व खाद्य संगठनले महामारीका लागि अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव हुँदै गइरहेको जनाएको छ । सो रकमको अभावमा विश्वका १३२ राष्ट्रहरुमा महामारीमा अत्यावश्यक मास्क, ग्लोभ र अरु अतयावश्यक चिकित्सीय सामग्रीहरु आगामी जुनको तेस्रो हप्तासम्ममा पुर्याउन कठिन हुने जनाएको छ ।
संगठनका अपरेशन निर्देशक अमेर डावोडीका अनुसार, सन् २०२० मा सो प्रयोजनका लागि संगठनलाई ९६५ मिलियन अमेरिकी डलर आवश्यक पर्नेछ । तर अहिलेसम्म संगठनले १३२ मिलियन अमेरिकी डलर मात्रै जुटाउन सकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत