ज्वरो आउँदा-आँउँदै क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु

सांकेतिक तस्बिर
अ +
अ -
दार्चुला । सूदुरपश्चिमको दार्चुला जिल्लामा क्वारेन्टाइनबाट घर गएका युवाको मृत्यु भएको छ। भारतको बैंग्लोरबाट गौरीफन्टा नाका हुँदै जेठ २९ गते घर आएका मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य कार्यालयले जनाएको छ।
ज्वरो आएका उनलाई रस्कोटको लटिनाथ मावि व्वारेन्टाइनमा एक दिन राखी घर पठाइएको थियो। ज्वरो बढिरहे पनि परिवार उपचार गर्ने भन्दै घर लगेको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ। मृतक युवकको बिहीबार राती नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत