आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि

प्रतिकारात्मक तस्बिर
काठमाडौं । बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार साँझ आत्महत्या गरेका थिए ।
अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बाजुराको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो । शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो उहाँले भन्नुभयो ।
आत्महत्या भए पनि स्वाब संकलन गरी कोरोना परीक्षणकाे लागी पठाएर प्रकृया पूरा गरेर शवको व्यवस्थापन गरेका थियौं उहाँले थप्नुभयाे, कोरोना पुष्टि भएपछि सेना शवको व्यवस्थापन गर्ने तर रिपाेर्ट नआएकाले स्बास्थ्यकर्मीकाे सहयाेगमा आफन्त नै खटिएकाे प्रमुख जिल्ला अधिकारीगैरेले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत