स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिट गर्नेलाई कडा कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि भइरहेका दुर्व्यवहार र कुटपिटप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा विभिन्न समय र स्थानमा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपातका घटना निन्दनीय रहेको र त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गरिने बताउनुभयो ।
कोरोना संक्रमण रोकथाम, उपचार र व्यवस्थापनमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई कोरोना सार्ने आरोप लगाउँदै भइरहेका कुटपिटको कार्य घृणित रहेको भन्दै गौतमले भन्नुभयो, स्वास्थ्यकर्मीहरु आफ्ना परिवारको समेत वास्ता नगरि अग्र स्थानमा रही खटिरहेका छन् यस्तो कठिन समयमा उनीहरुलाई साथ र सहयोगको खाँचो छ ।
अहिलेको अवस्थमा स्वास्थ्यकर्मीहरु अपूग रहीरहेको अवस्थामा हुने यस्ता निन्दनीय गतिविधिले उनीहरुको मनोबल घट्ने र संक्रमण नियन्त्रण, उपचार र व्यवस्थापनमा समस्या आउने प्रवक्ता गौतमले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत