पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु, ६७१ थपिए
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ६७१ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो अहिले सम्मकै सर्वाधिक संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ५९१ पुरुष र ८० महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । जसमा ७ हजार २२९ पुरुष र ६१९ महिला रहेका छन् । देशभर ७४ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत