नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत बिरामीमा कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । ३ महिना अघि मिगौंला प्रत्यारोपण गरिएका चितवनका अन्दाजी ४५ \ ४६ वर्षको पुरुषमा कोरोना पुष्टि भएको हो ।
मिर्गौैलाका बिरामी भएका कारण करिव १० दिन अगाडि ती पुरुष सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना भएको र पछि निमोनियाको लक्षण देखिएपछि थप उपचारका लागि उनलाई नर्भिक अस्पताल पठाइएको राष्ट्रिय प्रत्यारोपण केन्द्र स्रोतले जानकारी दिएको छ । ती पुरुष नर्भिक अस्पतालमा ३ दिन अगाडि मात्रै भर्ना भएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत