खाद्य संस्थानकाे कर्मचारीलाई कोरोना पुष्टि
मनाङसहित ७४ जिल्लामा संक्रमण
काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि कोरोना भाइरस रोग (कोभिड १९) को संक्रमण पुष्टि भएकाे छ । यो संगै कोरोना संक्रमण फैलिएको जिल्ला ७४ पुगेको छ । मनाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (नेपाल खाद्य संस्थान) मा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमख डा.बिनोद बिन्दुले ति कर्मचारीको स्थायी घर कपिलवस्तु रहेको तर उनी त्यहाँबाट कहिले मनाङ फर्किएको एकिन भइनसकेको जानकारी दिदै कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको बताउनुभयो ।
उहाँले पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ती कर्मचारी सहित ४२ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक १० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत