भारतको दिल्ली राज्यका स्वास्थ्य मन्त्रीलाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । भारतको नयाँ दिल्लीराज्यका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनलाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । उहाँको पहिलो रिपोर्ट भने नेगेटिभ आएको थियो । दोस्रो परीक्षणमा पोजेटिभ पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उच्च ज्वरो र स्वाँस्प्रस्वासमा समस्या दखिएपछि ५५ वर्षका मन्त्री जैन असार २ गते राजीव गान्धी सुपर स्पेसालिटि अस्पताल भर्ना हुनुभएको थियो ।
दिल्लीमा कोरोना भाइरसको संक्रमण बढेकाले रोकथाम र उपचारका सम्बन्धमा जैनले मन्त्रीहरुसँग बैठक बस्नु भएको थियो । १ घण्टा २० मिनेटसम्म चलेको बैठकमा केन्द्रिय गृहमन्त्री अमित शाह, केन्द्रिय स्वास्थ्यमन्त्री डा.हर्षवर्धन,दिल्लीका मुख्य मन्त्री केजरीवाल लगायत सहभागि हुनुहन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत