आमाको दुधबाट शिशुलाई कोरोना सर्दैन, बरु अरु रोगबाट जोगाउँछ :डब्ल्यूएचओ

फाइल तस्बिर
काठमाडौं । कोरोना भाइरस रोग(कोभिड १९)को संक्रमण गर्भवती, सुत्केरीमा पनि भइरहेको छ । यस्तो अवस्थामा संक्रमित सुत्केरी आमाको दुध नवजात शिशुले खादा कोरोना सर्छ कि सर्दैन भन्ने अन्यौत कायम रहिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले स्तनपान गरिरहेको शिशुमा कोरोना नसर्ने स्पष्ट पारेको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा.अधानोम टेड्रोसले जेनेभामा नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमित आमाको दुधबाट कोरोना नसर्ने भएकाले आफ्ना नवजात शिशुलाई नियमित स्तनपान गराउन अपिल गर्नुभयो ।
संक्रमित आमाको दुधबाट नवजात शिशुमा कोरोना सर्छ की सर्दैन भन्ने सम्बन्धमा डब्ल्यूएचओले अध्ययन गरेको र सो अध्ययनबाट बच्चालाई स्तनपानको फाइदा, संक्रमणको खतरा भन्दा बढी रहेको पाइएको छ त्यसैले संक्रमित आमाले शिशुलाई स्तनपान गराउनुपर्ने टेड्रोसले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई थाहा छ कि कोभिड १९ बाट ठुलाका तुलनामा बच्चाहरु कम जोखिममा छन् तर अन्य रोगको उच्च जोखिममा छन् जसलाई स्तनपानले रोक्न सक्दछ । हालैको अध्ययनले यही देखाएको छ संक्रमणको जोखिम भन्दा बढी फाइदा छ त्यसैले संक्रमित आमाहरुलाई स्तनपान गराउन प्रोत्साहित गराउनुपर्दछ।
यस्तै डब्ल्यूएचओका प्रजनन स्वास्थ्य मामिलाका परार्शदाता डा. अंशु बनर्जीले आमाको दुधमा भाइरसको आरएनए भेटिएका थुप्रै घटनाहरु भएपनि हालसम्म कुनै पनि प्रत्यक्ष भाइरस नभेटिएकाले आमाबाट बच्चामा कोरोना संक्रमण फैलिने जोखिम प्रमाणित नभएको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत