आरडीटी पोजेटिभ देखियो, पीसीआर रिपोर्ट नआउँदै आत्महत्या

सांकेतिक फोटो
अर्घाखाँची । अर्घाखाँचीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषले आत्महत्या गरेका छन् । आरडीटी परीक्षणमा पोजेटिभ देखिएका शितगंगा नगरपालिका–५ वर्ष ४५ का देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेका हुन्।
गत जेठ १० गते भारतबाट जिल्ला आएका उनको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । जेठ २४ गते नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेका बेला बिकले आत्महत्या गरेको अर्घाखाँची प्रहरीले जनाएको छ।
बिक शितगंगा नगरपालिका–५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । हिजो राति नजिकैको रुखमा झुण्डिएर उनले आत्महत्या गरेका हुन् । आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत