आइओएमको डीनमा तीन जनाको नाम सिफारिस
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन नियुक्तिका लागि प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा बनेको सर्च कमिटिले ३ जनाको नाम सिफारिस गरेको छ । कमिटिले डीनका लागि प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ ।
कमिटिले बरिष्ठता, दक्षता,अनुभवका आधारमा व्यक्ति छानेको जनाएको छ । अब कार्यकारी परिषद्ले तीनमध्येबाट एक जनालाई डीन नियुक्त गर्नेछ । डीन नियुक्तीको सिफारिसका प्रा.डा ज्ञवालीको संयोजकत्वमा प्रा.डा जीवन शेरचन र प्रा.डा सुवास आचार्य सदस्य रहेको सर्च कमिटि गरेको थियो ।जेठ २२ गते आईओएमका
तत्कालीन डीन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा सेवाबाट अवकाश पाएपछि डीन पद खाली छ । हाल प्रा.डा राजेन्द्र गुरागाईलाई कार्यकारी अधिकार सहित निमित्त डीनको जिम्मेवारी दिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत