एकैदिन ३१ जिल्लामा देखियाे संक्रमण, ११७ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ३८० जनालाई कोरोना भाइरस रोेग(कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङमा ३८० जनालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । जसमा ६ हजार ९२ पुरुष र ४९९ महिला रहेका छन् । देशभर ७३ जिल्लामा संक्रमण फैलिएको छ । आज ३१ जिल्लाका व्यक्तिलाइ संक्रमण पुष्टि भएको छ जसमा झापामा १ पुरुष, पाँचथरमा १ महिला, सुनसरीका २ पुरुष, सिरहाका ३३ पुरुष र ५ महिला, महोत्तरीमा २ महिला र ८७ पुरुष, पर्साका २ पुरुष, गोरखाका १ महिला र ९ पुरुष, नवलपरासी पूर्वका ३ पुरुष, बाग्लुङका १ पुरुष, तनहुँका २ पुरुष, कास्कीका ३ पुरुष, स्याङजाका ४ पुरुष रहेका छन् ।
यस्तै आजै संक्रमण पुष्टि हुनेमा अछामका १ पुरुष, बैतडीका १ महिला र २० पुरुष, डोटीका १ महिला र १९ पुरुष, कञ्चनपुरका ११ पुरुष, कैलालीका १८ पुरुष र ४ महिला, बाँकेका १ पुरुष,बर्दियाका ९ पुरुष, सप्तरीका ३ पुरुष, अर्घाखाँचीका १ महिला र ८ पुरुष, रुपन्देहीका १ पुरुष र ३ महिला, दैलेखका ५ पुरुष, सुर्खेतका १ महिला र ३ पुरुष, सल्यानका १ पुरुष, दाङका १० महिला र ४६ पुरुष, काठमाडौंका १ महिला, मोरङका १ पुरुष, रौतहटका ४७ पुरुष, रोल्पाका १ पुरुष, सर्लाहीका १६ पुरुष रहेका छन् ।
११५८ जना डिस्चार्ज भए
यसैगरी पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या १ हजार १५८ पुगेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ४३ हजार ७३१ जनाको परीक्षण भएको बताउनुभयो । हालसम्म आरडीटिबाट २ लाख २३ हजार ५१९ को परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ४ हजार १८३ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ५ हजार ५३१ संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत