चितवनका कोरोना संकमित डाक्टरको दोस्रो रिपोर्ट नेगेटिभ

सांकेतिक तस्बिर
चितवन । चितवनको नारायणी सामुदायिक अस्पतालका कोरोना संक्रमित चिकित्सकको दोस्रो पीसीआर रिपोर्ट नेगेभिट आएको छ । अन्य सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पनि नेगेटिभ आएको छ । अस्पतालका कार्यकारी अध्यक्ष डा.भक्तमान श्रेष्ठले जानकारी दिनुभयो ।
गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो । त्यस अस्पतालबाट भरतपुर अस्पताल लगिएका कोराना संक्रमित वृद्धको मृत्यु भयो । बिरामी राखिएको सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र बिरामीको सम्पर्कमा आएकाहरुको आफन्तको पीसआर रिपोर्ट नेगेभिट आएको श्रेष्ठले बताउनुभयो।
अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ । सङ्क्रमण देखिएका क्षेत्रमा पूर्ण रुपमा निर्मलिकरण गरेर सुरक्षित गरिएको छ । आजबाट सघन उपचार कक्ष पनि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । चिकित्सक र बिरामीलाई सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरुसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टिनमा राखेको थियो । सङ्क्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टिनमा राखिएको थियो । रासस
हेल्थपाटी
तपाईँको अभिमत