कोरियाले नेपाललाई दियो ५० हजार थान पीसीआर किट
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा कोरियाली सरकारले नेपाललाइ ५० हजार थान आर टि–पीसीआर किट सहयोग गरेको छ । देशभर कोरोना भाइरस संक्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले ६ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।
कोहकाका तर्फबाट नेपालस्थित कोरियाली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो । कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाकाे विशेष आग्रहमा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक मार्फत कोरियाको संसदबाट नै नेपाललाई मेडिकल सामग्री सहयोग गर्ने प्रस्ताव पास भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत