दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना, कोरोना परीक्षण हुँदै

फाइल तस्बिर : स्वास्थ्यमन्त्री सत्येन्द्र जैन
काठमाडौं । दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमन्त्री सत्येन्द्र जैन लाई उच्च ज्वरोका आउनुका साथै स्वास्प्रस्वासमा समस्या आएपछि राजीव गांधी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । उहाँको आजै कोरोना परीक्षणको तयारी भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६६७ जनालाई कोरोना पुष्टि भएको छ भने ३८० जनाको मृत्यु भएको छ ।
कोरोनाबाट अति प्रभावित देशमध्ये भारत विश्वको चौथोमा पर्दछ । त्यहाँ हालसम्म ३ लाख ४३ हजार ९१ जनालाई कोरोना पुष्टि भएको छ । १ लाख ८० हजार १३ जना संक्रमित निको भएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख भन्दा बढी रहेको र ४ लाख ३६ हजार बढी मानिसको मृत्यु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत