भारतबाट आएका जोडीको क्वारेन्टाइनमै बिहे, अलग्गै बस्न भनी घर पठाइयो

सांकेतिक फोटो
अ +
अ -
काठमाडौँ । दाङको एक क्वारेन्टाइनमा बसेका जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । घोराही उपमहानगरपालिका–१८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका घोराही–१८ कै समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की सीता चौधरीको क्वारेन्टाइनमै विहे भएको हो ।
दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुको लामो समयदेखि प्रेम रहेको बताएपछि उनीहरुकै आग्रहमा विवाह गराइदिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो।
पीसीआर परीक्षणको रिपोर्ट आएपछि विवाह गर्न भने पनि उनीहरुको संस्कार अनुसार असार लागेपछि विवाह गर्न नमिल्ले भन्दै परिवारको सल्लाहमा जेठ ३२ गते नै उनीहरुको विवाह गराइएको थियो ।
पीसीआर परीक्षणको रिपोर्ट दुवैको नेगेभिट आएपनि एक साता अलग्गै बस्न आग्रह गरी घर पठाइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत