कञ्चनपुरका स्वास्थ्यकर्मी धामीले जिते कोरोना
काठमाडौं । सुदुरपश्चिमको कञ्चनपुरको पुनर्वास नगरपालिका परासन स्वास्थ्य चौकीमा कार्यरत प्रयोगशालाकर्मी जनकसिंह धामी कोरोना जितेर घर फर्कदै हुनुहुन्छ । १४ दिनसम्म अस्पतालका आइसोलेसनमा रहनुभएका ३३ वर्षका ल्याब असिस्टेन्ट धामीको पछिल्लो तीन वटा रिपोर्ट नेगेटिभ आएपछि आफु आज डिस्चार्ज भएर घर जान लागेको जानकारी दिनुभयो ।
आफु सेती प्रादेशिक अस्पताल धनगढीको आइसोेलेसनमा रहेको र साँझ घर जाने तयारी भएको उहाँले बताउनुभयो ।
आफुलाई कोरोना भयो भन्दा त सुरुमा म निकै आत्तिँए, डराए किनभने विदेशतिरको समाचार सुन्दा त भयावह नै थियो नि तर १४ दिनसम्म आइसोलेसनमा बस्दा आफुलाई स्वास्थ्यमा कुनै असहज महसुस भएन त्यसैले आत्तिने होइन सावधानी अपनाउने र सचेत हुनपर्ने रहेछ उहाँले भन्नुभयो ।
स्वाब संकलनका क्रममा पीपीईको अभाव हुँदा आफुलाई संक्रमण भएको बताउँदै उहाँले स्वास्थ्यकर्मीहरुलाई पर्याप्त पीपीई उपलब्ध गराउन आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत