क्वारेन्टाइनमा लैजान खोज्दा भीरबाट हामफाली आत्महत्या

सांकेतिक फोटो
काठमाडौं । क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटैमा भीरबाट हामफलेका पुरूषको मृत्यु भएको छ। पर्वत अस्पतालबाट थप उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले बसमा बाग्लुङ लैजाँदै गरेको अवस्थामा भीरबाट हामफालेका थिए।
भारतबाट सुनौली नाका हुँदै आएका बाग्लुङ र म्याग्दीका नागरिकलाई उद्धार गरी बसमा लगिँदै थियो । नेपाली सहतिका केहीलाई बाग्लुङ नगरपालिकाको क्वारेन्टाइनमा राख्ने तयारी थियो ।
पर्वत जिल्लाको कुस्मा नगरपालिका–८ स्थित चुवाको भीरबाट नेपाली हाम फलेका हुन् । प्रत्यक्षदर्शीका अनुसार सडकमा बस फसेपछि त्यसलाई सञ्चालन गर्ने प्रयास भइरहेका बेला उनी बसबाट आर्लिएर भीरमा हाम फालेका थिए।
गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो । मृतकको शव अहिले पोखरास्थित गण्डकी अस्पताल छ ।
उनले किन आत्महत्या गर्ने खाजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत