आजबाट बिहान ८ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खुल्ने
काठमाडौं । आजदेखी सरकारी कार्यालयहरु बिहान ८ बजे देखि साँझ ६ बजेसम्म खुल्ने भएका छन् । कोरोना भाइरस रोग नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला गर्न लागेको हो।
मन्त्रिपरिषदको मिति २०७७/०२/२८ को निर्णयानुसार मिति २०७७/०३/०१ गते बाट सरकारी कार्यालयहरु विहान ८:०० बजे देखि साँझ ६:०० बजे सम्म संचालन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सवै कार्यालयहरुमा पत्राचार गरेकाे छ ।
सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो ।
मन्त्रिपरिषद्ले गत साता नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र सङ्घसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुलाउनु जरुरी रहेको सरकारले जनाएकाे छ।
हेल्थपाटी
तपाईँको अभिमत