कुवेतबाट आएकीसहित दुई संक्रमित टेकु अस्पतालको आइसीयूमा
अ +
अ -
काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई जना कोरोना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ ।
२ दिन अगाडिदेखि एक महिलाको उपचार आइसीयूमा उपचाररत हुनुहुन्छ भने आज थप एक जनालाई आइसीयूमा राखी उपचार सुरु गरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।
आइसीयूमा उपचारत दुबैलाई स्वासप्रस्वासको समस्या छ र हाल दुवैको अवस्था सुधारोन्मुख रहेको उहाँले बताउनुभयो । आज आइसीयूमा भर्ना भएका व्यक्ति भारतबाट आएका पुरुष हुनुहुन्छ भने अर्की महिला कुबेतबाट आउनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत