क्वारेन्टिनमा यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्यकर्मीसहित ३ प्रक्राउ
काठमाडौं । कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलाले आफुमाथि सामुहिक यौन दुर्व्यवहार भएको आरोप लगाउनुभएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा रहनुभएकी ३१ वर्षकी महिलाले आफुलाई तीन जनाले दुर्व्यवहार गरेको आरोप लगाउनुभएको छ ।
कैलालीका प्रहरी प्रवक्ता नायव उपरीक्षक प्रतिक बिष्टले गएराती महिलामाथि दुर्व्यवहार भएको भन्ने खबर आएको तर पीडितबाट अहिले सम्म जाहेरी नआएको बताउनुभयो । यद्यपी उहाँले घटनाबारे बुझ्न प्रहरी टोलि क्वारेन्टिन पुग्दै गरेको बताउनुभयो ।
पीडित महिलाले एक स्वास्थ्यकर्मी सहित क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका अरु दुई जनाले आफुमाथि यौन दुर्व्यवहार गरेको जानकारी आफन्तलाई गराएको र आफन्तले नै प्रहरीलाई यसबारे खबर गरेको बताइएको छ । प्रहरीले आरोपित ३ जनालाई नै नियन्त्रणमा लिएको छ । पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आउनुभएको थियो ।
क्वारेन्टिनमै यौन दुर्व्यवहार भएको भन्दै स्थानियले विरोध प्रर्दशन गरिरहेका छन् ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत