एकै ठाउँमा खटिएका ५ स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई कोरोना
अ +
अ -
पर्सा । पर्सामा आइतबार कोरोना पुष्टि भएकामध्ये ५ जना स्वास्थ्यकर्मी र एक जना १ एम्बुलेन्स चालक रहेको खुलेको छ।पर्साकै पोखरिया नगरपालिकाको एक क्वारेन्टाइनमा खटिएका नगरपालिकाले खटाएका १ जना स्वास्थ्य सहायक, ३ जना अहेब, १ जना अनमीमा कोरोना संक्रमण देखिएको नगरपलिकाका स्वास्थ्य संयोजक कौशलेन्द्र मिश्राले जानकारी दिनुभयो।
पोखरिया नगरपालिकाकै एक एम्बुलेन्स चालकमा पनि संक्रमण देखिएको उहाँले बताउनु भयो । नारायाणी अस्पताल, वीरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उहाँहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
तपाईँको अभिमत