रुकुमका ८२ वर्षका बृद्द सहित थप ५९ जनालाई कोरोना पुष्टि
३ जना डिस्चार्ज
काठमाडौं । कर्णाली प्रदेशको दैलेख र सुर्खेतमा ५२ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) को पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको दिउसो १ः४५ बजेको अद्यावद्यिक अनुसार दैलेखमा ३७ र सुर्खेतमा १५ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ । यस्तै कर्णालीमा आजै दैलेख अस्पतालबाट २ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना डिस्चार्ज भएका छन् । कर्णालीमा हालसम्म ९४ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगञ्जले दिउसो २ बजे अद्यावद्यिक गरेको विवरण अनुसार ७ जनालाई कोरोना पुष्टि भएको छ । बर्दियाका ४, बाँकेका ३ र रुकुम सानेभेरीका १ जना हुनुहुन्छ । रुकुमका संक्रमित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पेटको समस्या भई सर्जिकल वार्डमा भर्ना हुनुभएका ८२ वर्षका बृद्द हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत