२७३ कोरोना संक्रमित थपिए, संख्या ५३३५
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २७३ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा २४७ पुरुष र ३६ महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । जसमा ४ हजार ९४९ पुरुष र ३८६ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १९ जिल्लामा संक्रमण देखिएको छ । जसमा गुल्मीका २, कपिलवस्तुका २५, रुपन्देही ५, रौतहटका ४८, झापा ५, रौतहटका ४४, मोरङका ४, पर्सा ६, बाराका १, पर्वतका ४, नवलपरासी पश्चिमका १, दैलेखका ३०, सुर्खेतका ४०, दाङका २, बाँकेका १८, रोल्पाका १७, बर्दियाका ६,महोत्तरीका १ र सर्लाहीका १३ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या ९१३ पुगेको छ जसमा छ ८२२ पुरुष र ९१ जना महिला रहेका छन् ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ६६१ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख २७ हजार २८८ जनाको परीक्षण भएको बताउनुभयो । हालसम्म आरडीटिबाट १ लाख ९० हजार ५८२ को परीक्षण भएको छ जसमा २ हजार ५३० जनाको आरडीटिबाट परीक्षण भएको छ ।
आज १ लाख ५० हजार ५४९ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ४ हजार ४०४ संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । बीरगञ्जमा मृत्यु भएका दुई जनालाई कोरोना पुष्टि भएको छ । बारा निजगढ ६ का ५ वर्षका बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । बालकलाई निमोनियको लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब निकालिएकोमा रिपोर्ट आउनु अगावै मृत्यु भएको थियो।
यस्तै जेठ २८ गते वीरगञ्जको घण्टाघर नजिकै वेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षका पुरुषको पोष्टमार्टम अघि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत