काठमाडौं मेडिकल कलेजका चिकित्सक, नर्स कोरोनामुक्त भई डिस्चार्ज
अ +
अ -
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका २ डाक्टर र एकजना नर्सले कोरोना भाइरसलाई जित्न सफल हुनुभएको छ । उहाँहरुलाई कोरोना संक्रमणमुक्त भएपछि शुक्रबार डिस्चार्ज हुनुभएको छ । काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्कीले २ चिकित्सक र एक नर्स कोरोनामुक्त भई डिस्चार्ज भएको जानकारी दिनुभयो ।
संक्रमित नर्स र चिकित्सक कलेजको दुवाकोट स्थित कोभिड आइसोलेसनमा उपचाररत हुनुहुन्थ्यो । डा. कार्कीले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा उहाँहरुको कोरोना नेगेटिभ आएको र डिस्चार्ज गरिएको जानकारी दिनुभयो । काठमाडौ मेडिकल कलेजमा चिकित्सक र नर्सलाई कोरोना देखिएपछि अस्पतालमा कार्यरत ३५० भन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । उहाँहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत