एकैदिन ३२ जिल्लामा देखियो कोरोना संक्रमण, कहाँ –कति ?
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड १९)को रोगको संक्रमण पुष्टि हुनेको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३२ जिल्लामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ४२४ पुरुष र २४ जना महिला गरि ४२८ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेहरुमा मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका २९, सप्तरीका १७, उदयपुरका ३, सिरहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीपूर्वका ५, तनहुँका १, बर्दियाका १५, बाँके १, धनुषाका १५, सर्लाहीका ५७, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्यूठानका २, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौका १, रुपन्देहीका १६ र नवलपरासी पश्चिमका २ जना रहेका छन् ।
यो संगै कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । जसमा पुरुषको संख्या ४ हजार ७०९ र महिलाको संख्या ३५३ रहेको छ । यस्तै प्रवक्ता गौतमले अर्घाखाचीमा ५७ वर्षका पुरुषको कोरोनाका कारण हिजो मृत्यु भएको जानकारी दिनुभयो । मृतकको संख्या १६ पुगेको छ । हालसम्म ७२ जिल्लामा संक्रमण फैलिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या ८७७ पुगेको छ जसमा छ ७८६ पुरुष र ९१ जना महिला रहेका छन् ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ९२५ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख २१ हजार ८६२ जनाको परीक्षण भएको बताउनुभयो । आज १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ४ हजार १६९ संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत