निजीलाई पनि पीसीआर परीक्षण गर्न दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले पीसीआर मार्फत कोरोना परीक्षण गर्न निजी प्रयोगशालालाई पनि अनुमति दिने भएको छ । बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को वैठकले परीक्षणको दायरा बढाउन निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षण गर्न दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण सञ्चालन गर्ने सम्बन्धमा निर्देशिका बनाईनेछ स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष निगरानीमा निर्देशिकाले तोकेको मापदण्ड र शर्त अनुसार परीक्षण गर्न दिइनेछ । पीसीआर परीक्षणमा लाग्ने शुल्क सरकारले नै तोक्नेछ उहाँले भन्नुभयो उसले बिरामीको गोपनियतालाई कायम राखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई हरेक दिन रिपोर्ट बुझाउनपर्नेछ ।
निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा पटक–पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । अहिले पनि निजी प्रयोगशालाले परिक्षण शुल्क प्रस्ताव गरेका छन् तर त्यो शुल्कमा सरकार सहमत छैन सरकारले नै मुल्य तोक्नेछ उहाँले थप्नुभयोे ।
मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न दिने \ नदिने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ भनी प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउनुभएको थियो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरि निजी प्रयोगशालामा पनि पीसीआर गर्न पाउने निर्देशिका जारी गरेको थियो तर शुल्क भने तोकेको थिएन ।
यस्तै बुधबार बसेको बैठकले नयाँ पीसीअशिार मेशिन खरिद गर्ने निर्णय पनि गरेको छ । हाल देशका २१ वटा पीसीआर मेशिनबाट स्वाब परीक्षण भइरहेको छ तर पर्याप्त मेशिन, प्रयोगशाला र जनशक्ति नहुँदा देशभर करिव ३० हजार स्वाब होल्ड भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत