कार्यालयमा अनुपस्थित डाक्टरलाई मन्त्रालयको ७ दिने स्पष्टिकरण
काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिका मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएको डाक्टर बिना जानकारी २ महिनासम्म कार्यालयमा अनुपस्थित भएपछि प्रदेश ५ सामाजिक विकास मन्त्रालयले ७ दिनभित्र स्पष्टिकरण सहित उपस्थित हुन पत्र काटेको छ ।मन्त्रालयले फागुन ११ गतेदेखि हालसम्म मेडिकल अधिकृत डा.सिमा शर्मा खटाइएको कार्यालयमा उपस्पिथत नभएपछि ७ दिने अल्टिमेटमसहित स्पष्टिकरण माग गरेको हो ।
महामारीको समयमा संबेदनशिल भई लाग्नुपर्ने बेला बिना जानकारी अनुपस्थित भएको भन्दै मन्त्रालयले ७ दिनभित्र स्पष्टिकरण सहित खटाइएको कार्यालय वा मन्त्रालयमा उपस्थित नभए नेपाल सरकारबाट प्राप्त छात्रबृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका,२०७१ को दफा २० अनुसार करार रद्द गर्ने जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत