दोषीलाई हिरासतमा राख्ने सहमतिपछि डाक्टरको आन्दोलन स्थगित
काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरेखेल जोरपाटीका आन्दोलनरत आवासीय चिकित्सहरुले आन्दोलन स्थगित गर्ने भएका छन् । चिकित्सकलाई कुटपिट गरेको विरोधमा १४ दिनदेखि आन्दोलनमा रहेका उनीहरु आफ्नो मागको सम्बोधन भएपछि यस्तो निर्णयमा पुगेको आन्दोलनका संयोजक डा. गुञ्जन खड्काले जानकारी दिनुभयो ।
हेल्थपाटीसंग उहाँले भन्नुभयो, कुटपिटमा संलग्न दोषीलाई हिरासतमा लिई मुद्दा चलाउने सहमति भएको छ सेवा सूचारु गर्छाै र अबका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा आजै बैठक बसेर निर्णय लिन्छौ तर हामीसंग भएका सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्नेछौ यस विषयमा आधिकारिक निर्णय गर्नेछौ । उहाँले आफ्नो आन्दोलनलाई सफल बनाउन सहयोग गर्ने सबै मिडियासहित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
जेठ १४ गते ५४ वर्षकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा बिरामीको मृत्यु भएको निहुँमा बिरामीको आफन्तले चिकित्सहरुलाई दुर्व्यवहार गर्दै कुटपिट गरेपछि दोषीलाई कार्बाहीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । चिकित्सलाई दुर्व्यवहार गर्दै लाति र मुक्का हानेको अवधिको सिसिटिभी फुटेज लुकाउनेलाई कार्बाही गर्नुपर्ने, चिकित्सकको सुरक्षाको प्रत्याभुतीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत