१४४ संक्रमित गण्डकी प्रदेशका, २४ संक्रमित थपिए
अ +
अ -
पोखरा। गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा प्रदेशका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
जसमा म्याग्दी १, बाग्लुङका ११, पूर्वी नवलपरासीका १२ जना रहेका छन् । संक्रमित सबै पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै गण्डकीमा मात्रै संक्रमितको संख्या १४४ पुगेको छ।
हेल्थपाटी
तपाईँको अभिमत