दुई डाक्टरसहित २० जनामा कोरोना पुष्टि

सांकेतिक तस्बिर
अ +
अ -
चितवन । चितवनमा दुई डाक्टरसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा निर्देशक डा. रमेश अधिकारीले दुई जना डाक्टरसहित २० जनामा कोरोना पुष्टि भएको बताउनुभयो । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना डाक्टर पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने डाक्टर हुन् ।
हेल्थपाटी
तपाईँको अभिमत