स्वास्थ्यकाे ९० अर्ब बजेट बाँडफाँड : कसलाई कति पर्यो ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि प्राप्त गरेको ९० अर्व ६९ करोड १ लाख रुपैयाँको बजेट संघ र प्रदेशलाई बाँडफाड गरेको छ । आगामि वर्षका लागि स्वास्थ्यको बजेट २१ अर्बले ९१ करोडले वृद्दि गरि ९० अर्ब ६९ करोड पुर्याइएको छ । यो कुल बजेटको ६.१४९ प्रतिशत हो । राष्ट्रिय बजेट १४ खर्ब ७४ अर्व ६४ करोड ५४ लाख थियो ।
राष्ट्रिय बजेट १४ खर्ब ७४ अर्व ६४ करोड ५४ लाखको ६.१५ प्रतिशत (९० अर्व ६९ करोड १ लाख रुपैयाँ) हिस्सा प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले संघले संचालन गर्ने कार्यक्रमका लागि ६० अर्व ६७ करोड ८८ लाख रुपैयाँ अर्थात ६६.९१ प्रतिशत छुट्याएको छ ।
यस्तै प्रदेशका लागि ४ अर्व ६० करोड २ लाख रुपैयाँ अर्थात ५.०७ प्रतिशत र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि २५ अर्व ४१ करोड ११ रुपैयाँ अर्थात २८.०२ प्रतिशत छुट्याएको छ ।
कोरोना महामारी लगायत संक्रामक तथा अन्य रोगबाट सिर्जना हुने स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवा, पूर्वाधार विकास, औषधि एवम् उपकरण र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा विस्तार गर्न उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा यसपटक सरकारले उल्लेख्य बजेट वृद्धि गरेको छ ।
स्वास्थ्य मन्त्रालयकाे ९० अर्ब बजेट कहाँ कति ?
तपाईँको अभिमत