२४ घण्टामा २१३ कोरोना संक्रमित थपिए, जम्मा संख्या ३,४४८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१३ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता .डा.विकास देवकोटाले थप २१३ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ३,४४८ पुगेको छ ।
संक्रमितको प्रादेशिक विवरण
आज प्रदेश नम्वर ५ मा रोल्पामा पनि संक्रमित देखिएकाले संक्रमण फैलिएको जिल्ला ७१ पुगेको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ, त्यहाँका सबै आठ जिल्लामा गरि ११६१ जनालाई कोरोना पुष्टि भएको छ । प्रदेश नम्वर १ को १२ जिल्लामा २५९, बागमती प्रदेशका १२ जिल्लामा ९२, गण्डकी प्रदेशको ७ जिल्लामा १११, प्रदेश नम्वर ५ को १२ जिल्लामा १०८१, कर्णाली प्रदेशको ९ जिल्लामा ६३३ र सुदुरपश्चिमका ९ जिल्लामा १११ जना गरि ३ हजार ४४८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
तपाईँको अभिमत