कर्णालीमा ५४ संक्रमित थपिए, प्रदेशभर ६४१
अ +
अ -
काठमाडौं । कर्णालीमा ५४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयल आइतबार दिउँसो २ बजे जारी गरेको प्रेस विज्ञप्तिमा कर्णालीका चार जिल्लामा गरी ५४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएको हो ।
स्वास्थ्य सेवा शाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जारी गरेका विज्ञप्तिअनुसार प्रदेश अस्पताल सुर्खेतको प्रगोगशालामा गरिएको परीक्षणमा सल्यानमा २८ जना , सुर्खेतमा २० र दैलेखमा ३ कोरोना संक्रमित रहेको पुष्टि भएको हो । त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रपितष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटाका ३ जनामा पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ।
यो सँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या ६४१ पुगेको मन्त्रालयले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत