११ दिनदेखि आन्दोलनरत चिकित्सहरु निर्णायक आन्दोलनमा
काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरेखेल जोरपाटीका आवासीय चिकित्सहरु ११ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले अबको आन्दोलन निर्णायक आन्दोलन बनाउने र कुनै पनि अवस्थामा अधुरो सम्झौताको आडमा आन्दोलन बाट पछी नहट्ने, उपचारमा अहोरात्र खटिने हामी चिकित्सकहरु माथि भईरहेको आक्रमण को विरोध सहित दोषीलाई कानुनी कारवाहीको माग गर्दै,पेशागत सुरक्षाको सुनिश्चितताको माग गर्दै हाम्रो आन्दोलन जारी रहेको बताएका छन् ।
जेठ १४ गते ५४ वर्षकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा बिरामीको मृत्यु भएको निहुँमा बिरामीको आफन्तले चिकित्सहरुलाई दुर्व्यवहार गर्दै कुटपिट गरेपछि दोषीलाई कार्बाहीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । दोषीलाई कारबाही गर्न प्रहरीले आनाकानी गरेको चिकित्सकहरुको भनाई छ ।
चिकित्सलाई दुर्व्यवहार गर्दै लाति र मुक्का हानेको अवधिको सिसिटिभी फुटेज लुकाउनेलाई कार्बाही गर्नुपर्ने, चिकित्सकको सुरक्षाको प्रत्याभुतीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म आन्दोलन यथावत रहने आन्दोलन संयोजक गुञ्जन खड्काले जानकारी दिनुभयो ।प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत