भारतबाट आएर क्वारेन्टाइनमा बस्नेबित्तिकै मृत्यु

फाइल फोटो
अ +
अ -
काठमाडौं । सुदूर पश्चिमको बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेविक्तिकै युवकको मृत्यु भएको छ। भारतबाट शनिबार बिहान आएर बैतडीको पाटन नगरपालिका–६ को भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका ३१ वर्षीय युवकको शनिबार साँझ मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिनुभयो।
एक्कासी बेहोस भएर ढलेका उहाँलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दागर्दै साँढे ८ बजे मृत्यु भएको बताइएको छ। कोरोना परीक्षणका लागि स्वाब संकलन गरी र स्वाब धनगढी पठाइने तयारी भएको छ।
हेल्थपाटी
तपाईँको अभिमत