कोरोनालाई जितेर घर फर्किए नर्स-पत्रकार जोडी
अ +
अ -
बाँके । नेपालगञ्ज बाँकेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट कोरोनालाई जितेर नर्स पत्रकार जोडि घर फर्कनुभएको छ । खजुराकी नर्स लक्ष्मी केसी र उहाँका श्रीमान् पत्रकार मेगराज वलि पछिल्लो दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुनुभएको हो ।
नेपालगञ्ज नर्सिङ संघकी अध्यक्ष समेत रहनुभएकी केसीलाई सुरुमा संक्रमण पुष्टि भएको थियो भने त्यसको केही दिनमा उहाँका श्रीमान् वलीलाई कोरोना पोजेटिभ देखिएको थियो ।
डिस्चार्ज पछि नर्स पत्रकार जोडिले देश र दुनियाँलाई आतंकित पारिरहेको महामारीलाई सावधानी अपनाएर अगाडि बढेमा पराजित गर्नसक्ने भन्दै उच्च मनोबल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । यसैबीच उहाँहरुलाई छिमेकीहरुले फुलमाला सहित स्वागत गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत