३२३ संक्रमित थपिए, कोरोना पुष्टि संख्या ३२३५
काठमाडौं । आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८६ पुरुष र ३७ जना महिलालाई गरि थप ३२३ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । संक्रमित मध्ये ३ हजार ३ पुरुष र २३२ जना महिला रहेका छन् । आज संक्रमण पुष्टि हुनेहरुमा बिराटनगरमा रहेको प्रयोगशालमा गरिएको परीक्षणमा मोरङका २,सुनसरीका ४ जना गरि ६ जनालाई कोरोना पुष्टि भएको छ ।
यस्तै कोशी अस्पतालको प्रयोगमा गरिएको सप्तरीका १ जनालाई कोरोना पोजेटिभ देखिएको छ । भरतपुर अस्पताल कोभिड १९ राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका ३, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जना गरि ४० जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य अस्पताल पोखरामा गरिएको परीक्षणमा कास्कीका ३,स्याङजाका १० र बाग्लुङका १ जना गरि १४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका १ र सप्तरीका ७ जनालाई कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा बझाङका ६, कञ्चनपुरका २, अछामकी १, कैलालीका २, डडेल्धुराका १ लाई कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा दैलेखका ४३,डोल्पाका १ जना रहेका छन् । यस्तै प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ५७ जनालाई कोरोना पुष्टि भएको छ । जसमा सल्यानका ३८, दैलेखका ४, सुर्खेतका १०,जाजरकोटका ५ जना रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका १,कपिलवस्तुका ११,नवलपरासीका १ रुपन्देहीका ३ जनालाई कोरोना पुष्टि भएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १, धनुषाका ८,कपिलवस्तुका ३९, काठमार्डौका ४,महोत्तरीका ३५,रौतहटका ६ र सर्लाहीका २७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
आइसोलेसनमा उपचाररत संक्रमितहरु
प्रदेश नम्वर १ मा १७०, प्रदेश नम्वर २ मा ९४३, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ७०, प्रदेश नम्वर ५ मा ९६१ र कर्णाली प्रदेशमा ५६७ र सुदुरपश्चिममा ९१ जना गरि २ हजार ८५७ जना आइसोलेसनमा उपचाररत छन् ।
संक्रमितको प्रादेशिक विवरण
आज कर्णाली प्रदेशमा जाजरकोट र डोल्पामा पनि संक्रमित थपिएकाले संक्रमण फैलिएको जिल्ला ७० पुगेको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ, त्यहाँका सबै आठ जिल्लामा गरि १०७७ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रदेश नम्वर १ को १२ जिल्लामा २४९, बागमती प्रदेशका १२ जिल्लामा ९०, गण्डकी प्रदेशको ७ जिल्लामा ७३, प्रदेश नम्वर ५ को ११ जिल्लामा १०६१, कर्णाली प्रदेशको ९ जिल्लामा ५७९ र सुदुरपश्चिमका ९ जिल्लामा १०६ जना गरि ३ हजार २३५ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
३६५ जना निको भए
पछिल्लो २४ घण्टामा ३२ जना निको भएका छन् । आज डिस्चार्ज हुनेमा ५ महिला र २७ जना पुरुष । जनकपुरबाट १५,धरानबाट ३, शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ४, सेती अस्पतालबाट ६, सुर्खेतमा ७ जना गरि ३२ जना गर देशभर डिस्चार्ज हुनेको सख्या ३६५ पुगेको छ । हालसम्म प्रदेश नम्वर १ मा ७९, प्रदेश नम्वर २ मा १३३, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश नम्वर ५ मा ९६,कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिममा १३ जना गरि ३६५ जना डिस्चार्ज भई घर गएका छन् ।
२४ घण्टामा ४ हजार १११ जनाको पीसीआर परीक्षण
प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ४ हजार १११ जनाको पीसीआर र आरडीटिबाट ५ हजार ५७० जनाको परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ९२ हजार ४७७ र १ लाख ३७ हजार ४३५ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत