आईओएमको डीन सिफारिसका लागि सर्च कमिटी गठन
प्राध्यापक डा. प्रेमराज ज्ञवाली संयोजक
काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को नयाँ डीन सिफारिसका लागि प्राध्यापक डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यिय सर्च कमिटी गठन भएको छ । नयाँ डीन सिफारिसका लागि ज्ञवालीको संयोजकत्वमा बनाइएको सर्च कमिटिमा प्रा.डा सुवास आचार्य र प्रा.डा. जीवन शेरचन सदस्य रहनुभएको छ ।
२०७३ साल मंसिर १८ गते ४ वर्षका लागि डीनमा नियुक्त हुनुभएका अग्रवाल उमेर हदका कारण जेठ २२ गते कार्यकाल सकिएको छ । कार्यदक्षता,सहमति एवं सहकार्यका आधारमा डीन नियुक्त गर्ने हो भने प्रा.डा.दिनेश काफ्ले अगाडि हुनुहुन्छ । बरियताका आधारमा नियुक्त गर्ने हो भने प्राध्यापक डा. प्रदिप बैद्य अग्र स्थानमा हुनुहुन्छ । तर पहुँचको आधारमा प्रा.डा. दिव्यासिंह शाहलाई अगाडि बढाइएको स्रोतको दाबी छ ।
प्रा.डा वाइपी सिंह, प्रा.डा शुसिलकुमार शिल्पकार, प्रा.डा दिपक महरा, प्रा.डा भगवान कोइराला, प्रा.डा ईश्वरचन्द्र लोहनी, प्रा.डा.रोहित पोखरेल पनि डीनको आकांक्षी हुनुहुन्छ । प्रा.डा राजेन्द्र गुरागाईलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) को कार्यकारी अधिकार सहित निमित्त डीनको जिम्मेवारी दिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत