कर्णालीमा १०० जनालाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । कर्णाली प्रदेशमा थप १०० जनालाई कोरोना भाइरस रोग(कोभिड १९) को पुष्टि भएको छ । सामाजिक विकासम मन्त्रालय सुर्खेतका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ र प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको हो । जसमा दैलेखका ९१, जुम्लाका ३, हुम्ला,दोलखा,रामेछाप गोरखाका एक÷एक जनालाई कोरोना पुष्टि भएको छ ।
यस्तै सुर्खेतका १ र जाजरकोटका १ जनालाई कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संगै कोरोना कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत