२७८ कोरोना संक्रमित थपिए, संख्या २९१२ पुग्यो, मृत्यु हुनेको संख्या ११
काठमाडौं । आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७८ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ जना महिलालाई गरि थप २७८ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । संक्रमित मध्ये २ हजार ७१७ पुरुष र १९५ जना महिला रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०० जनालाई कोरोना पुष्टि भएको छ । जसमा जसमा दैलेखका ९१, जुम्लाका ३, हुम्ला, दोलखा, रामेछाप गोरखाका एक÷एक जनालाई कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेशकि अस्पताल र किटजन्य अन्वेषण केन्द्रमा गरिएको परीक्षणमा सुर्खेतका १ र जाजरकोटका १ जनालाई कोरोना पोजेटिभ देखिएको छ । बिराटनगरमा गरिएको परीक्षणमा १५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा २२, हेटौडा किटजन्य केन्द्रमा २ जनालाई पुष्टि भएको छ । तनहुँका २, भोजपुरका ५, झापा १, सुनसरीका १३ कैलाली धनगढीका ४, अछामका १, बझाङका १, डडेल्धुराका ५, रामेछापका १७, काभ्रे पाँचखालका ५, झापा कचनकवालका १०, बाराका १,धनुषाका ४,कपिपलवस्तुका ७४,कास्कीका १ र काठमाडौंका १ जनालाई कोरोना पुष्टि भएको छ ।
आइसोलेसनमा उपचाररत संक्रमितहरु
प्रदेश नम्वर १ मा १६६, प्रदेश नम्वर २ मा ८७१, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा ५४, प्रदेश नम्वर ५ मा ८७९ र कर्णाली प्रदेशमा ४७५ र सुदुरपश्चिममा ८३ जना गरि २ हजार ५६८ जना आइसोलेसनमा उपचाररत छन् ।
संक्रमितको प्रादेशिक विवरण
आज थपिएका संक्रमितहरु गण्डकी प्रदेशमा गोरखा र कास्की तथा कर्णालीमा हुम्लाका समेत रहेकाले संक्रमण फैलिएको जिल्ला ६८ पुगेको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ, त्यहाँका सबै आठ जिल्लामा गरि ९९३ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रदेश नम्वर १ को १२ जिल्लामा २४२, बागमती प्रदेशका १२ जिल्लामा ८५, गण्डकी प्रदेशको ७ जिल्लामा ५७, प्रदेश नम्वर ५ को ११ जिल्लामा ९६५, कर्णाली प्रदेशको ७ जिल्लामा ४७९ र सुदुरपश्चिमका ९ जिल्लामा ९१ जना गरि २ हजार ९१२ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
३३३ जना निको भए
पछिल्लो २४ घण्टामा ४३ जना निको भएका छन् । धरानबाट ३, कोशी अस्पतालबाट २७, बाँकेमा १३ देशभर डिस्चार्ज हुनेको सख्या ३३३ पुगेको छ जसमा २७२ पुरुष र ६१ जना महिला रहेका छन् । हालसम्म प्रदेश नम्वर १ मा ७६, प्रदेश नम्वर २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश नम्वर ५ मा ९२,कर्णाली प्रदेशमा २ र सुदुरपश्चिममा ७ जना गरि ३३३ जना डिस्चार्ज भई घर गएका छन् ।
पीसीआरबाट पछिल्लो २४ घण्टामा ४ हजार २३२ जनाको परीक्षण
प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ४ हजार २३२ जनाको पीसीआर र आरडीटिबाट ५ हजार १८५ जनाको परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ८८ हजार ३६६ र १ लाख ३२ हजार ९६६ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ६६ हजार ७६५ मानिस क्वारेन्टाइनमा बसिरहेका छन् ।
कर्णालीमा मृत्यु भएको २ दिनपछि १८ वर्षका युवामा कोरोना पोजेटिभ देखिएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत