जुम्लामा क्वारेन्टाइनमा रहेका ६५ वर्षका वृद्धको मृत्यु, कोरोना परीक्षण हुँदै

सांकेतिक फोटो
अ +
अ -
जुम्ला । कर्णाली प्रदेशको जुम्लामा क्वारेन्टाइनमा बसेका एक बृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइन बसेका ६५ वर्षीय बृद्धको बिहिबार राती मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार ति वृद्ध यही जेठ २१ गते बर्दियाबाट आएर क्वारेन्टाइन बसेका थिए ।
मृतकको कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ । मृतक दमको रोगी भएको र केही समय बर्दियामा बसेर दुई दिनअघि जुम्ला फिर्ता भएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत