सुर्खेतमा कोरोनाका कारण एक जनाको मृत्यु, संख्या ११

सांकेतिक तस्बिर
सुर्खेत । सुर्खेतमा २ दिन अगाडि मृत्यु भएका २० वर्षका युवामा कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टाइनमा बसी बुधबार घर फर्किएका थिए । घर फर्किएकै राति उनको मृत्यु भएको थियो ।
मृत्यु भएपछि बिहीबार स्वाब संकलन गरी सुर्खेतको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती युवाले उच्च रक्तचापको औषधि लिइरहेका थिए। युवक क्वारेन्टाइनबाट ४–५ घण्टाको पैदल हिँडेर घर गएका थिए ।
भारतबाट आएका २० वर्षीय ती युवक विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेका उनको र्यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा एन्टीबडी नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।
मृत्यु भएपछि बिहीबार स्वाब संकलन गरी सुर्खेतको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिनुभयो ।
कोरोनाका कारण कर्णालीमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि दैलेखमा एक जनाको मृत्यु भएको थियो । नेपालमा मृत्यु भएका संक्रमितको संख्या ११ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत