चिकित्सकमाथि कुटपिट गर्नेलाई ३ दिनभित्र कारबाही गरिने, सम्पूर्ण आन्दोलन स्थगित

नेपाल मेडिकल कलेज जोरपाटीमा आन्दोलनरत चिकित्सकहरु ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल कलेजका चिकित्सकमाथि दुर्व्यवहार र हातपात गर्नेलाई ३ दिनभित्र कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने भएको छ । यस्तै घटना भएको अवधिको सिसिटिभि फुटेज गायब बनाउनेलाई पनि ३ दिनभित्र नै कारबाही गर्न मन्त्रालयले गृहलाइ अनुरोध गर्ने भएको छ ।
चिकित्सकहरुमाथि भएको दुर्व्यवहार र हातपात गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,आवासीय चिकित्सक संघ,नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरुको बैठकमा मन्त्रालयले ३ दिनभित्र कारबाहीको दायरामा ल्याउन पहल गर्ने निर्णय भएको हो ।
यस्तै मन्त्रिपरिषद्ले गरेको स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी व्यवस्थालाई थपेर चालु संसद अबिधेशनमा पेश गर्ने निर्णय पनि बैठकमा भएको छ । यी निर्णयसंगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । जेठ १४ गते उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकमाथि दुर्व्यवहार र हातपात गरेका थिए ।

हेल्थपाटी
तपाईँको अभिमत