कोरोना संक्रमित अब घरमै आइसोलेसनमा : कसरी बस्ने, के-के गर्ने ?
आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड १९) संक्रमितको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका जारी गरेको छ । कोभिड १९ का बिरामीहरु दिन प्रतिदिन बढ्दै गएपछि बिरामीको व्यवस्थापनका लागि मन्त्रालयले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा ३ अनुसार निर्देशिका जारी गरेको हो ।
निर्देशिकामा संक्रमितहरुलाई अस्पतालको अलावा घरमा पनि आइसोलेसन राख्न सकिने उल्लेख गरिएको छ । अब लक्षण नदेखिएका र सामान्य लक्षण भएकाहरु घरमा नै आइसोलेसनमा बस्न सक्नेछन् । तर त्यसका लागि संक्रमितहरुले सरकारले तोकेको मापदण्ड अपनाउनुपर्नेछ । घरमा आइसोलेट भएर बस्दा यी नियम पालना गर्नुपर्नेछ :
१) हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउने
२) उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने
३)खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ जस्तैः पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने ।
४)प्रयोग गरिएका भाडाहरू सुरक्षितरूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,
५) स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिकरूपमा प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रत्येक प्रयोग पछि सरसफाइमा प्रयोग हुने डिसइन्फेक्टेन्टले राम्रो सँग सफा गरे पश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने,
६) हात धुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माइने ब्रस लगायतका समानहरू राख्न छुट्टै बेसिनको प्रयोग गर्ने,
७) धेरै प्रयोग हुने चीजहरू जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने
८) हात धुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नु पर्ने र सबै सदस्यहरूले समय समयमा सफा गर्ने
९) भाँडाकुँडा, कपडा धुनकालागि पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सुकाउने
१०) निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्ने
११) बढी जोखिममा रहने समूहहरू जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई निजको सम्पर्कबाट टाढा राख्नु पर्नेछ
१२) दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने ।
१३) हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस. बाट जानकारी गराउने
१४) निम्न अवस्थाहरू देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछः
श्वासप्रश्वासमा कठिनाइ भएमा,
छाती दुखे वा भारी महसुस भएमा,
ओठ तथा अनुहार नीलो देखिएमा,
होस हराएमा,
अन्य कुनै जटिल अवस्था देखिएमा ।
घरमा रहेका बिरामीहरूको नियमित अनुगमनः
१) सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एस.एम.एस. बाट बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिइ अभिलेख व्यवस्थित गर्ने ।
हेल्थपाटी
तपाईँको अभिमत