२३०० जना कोरोना संक्रमित, २४ घण्टामा थप २०१ कोरोना पुष्टि
काठमाडौं । आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले थप १७९ पुरुष र २२ जना महिलालाई गरि थप २०१ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । संक्रमितमध्ये २ हजार १३० पुरुष र १७० जना महिला रहेका छन् । रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जनालाई कोरोना पुष्टि भएको छ जसमा कपिलवस्तुका ६७,पाल्पाका २ र रुपन्देहीका २६ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा १ वर्षका बालक देखि ८० वर्ष उमेरसम्मका हुनुहुन्छ ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा सर्लाहीका १५,रौतहटका ११, नवलपरासीका ८,कपिलवस्तुका २,धनुषाका १,रुपन्देहीका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, र सिन्धुपाल्चोक र धुनाषाका १÷१ जनालाई कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ५, प्यूठानका २ र सल्यानकपूरकोटका १ लाई पुष्टि भएको छ ।
जनकपुर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा महोत्तरी मटियानीका ९ जनालाई कोरोना पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १,वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १,पाँचथरका १,सुनसरीका ७ गरि १३ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणम पर्साका ७ जनालाई कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेख र सल्यानका ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १,तेह्रथुमका १, सुनसरीका १ जनालाई कोरोना पुष्टि भएको छ ।
२७८ जना निको भए
पछिल्लो २४ घण्टामा १२ जना निको भएका छन् । जनकपुर अस्पतालबाट १२,टेकु अस्पतालबाट १,बलम्बु अस्पतालबाट १ जना, शिक्षण अस्पतालबाट १ बालिका,बुटवलबाट ४ जना डिस्चार्ज भएका छन् ।
देशभर डिस्चार्ज हुनेको सख्या २७८ पुगेको छ जसमा २२२ पुरुष र ५६ जना महिला रहेका छन् ।
डिस्चार्ज हुनेको प्रादेशिक विवरण
हालसम्म प्रदेश नम्वर १ मा ४८, प्रदेश नम्वर २ मा १०९, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३,प्रदेश नम्वर ५मा ८० र सुदुरपश्चिममा ७ जना गरि २७८ जना डिस्चार्ज भई घर गएका छन् ।
पीसीआरबाट पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको परीक्षण
प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको पीसीआर र आरडीटिबाट ४ हजार ३४ जनाको परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ८० हजार २६७ र १ लाख २० हजार ३७९ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ५५ हजार ८६८ मानिस क्वारेन्टाइनमा बसिरहेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत